कनकासुन्दरी-५ बालविवाह मुक्त घाेषणा

तस्बिर : विश्व प्रकाश कनका खबर

जुम्लाकाे कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ लाई बालविवाह मुक्त घाेषणा गरिएकाे छ। शनिबार एक समाराेहका बीच कनकासुन्दरी कै पहिला वडाकाे रूपमा बालविवाह मुक्त घाेषणा गरिएकाे हाे।

यसअघि पातारासी-४, तिला-६ र हिमा-१ बालविवाह मुक्त वडा घाेषणा भइसकेका छन्।

‘बिहेवारी २० वर्ष पारी,हामी सबैकाे ऐेक्यबद्वता,बालविवाह मुक्त कनकासुन्दरी गाउँपालिकाकाे प्रतिबद्धता’ भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएकाे थियाे।

सरकारले सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घाेषणा गर्ने लक्ष्य लिएकाे छ ।

कनकासुन्दरीमा आठ वटा रहेका छन्। वडाकाे बालविवाह सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै कनकासुन्दरी – ५ वडा सचिव हिमाली भण्डारीले वडाले बालविवाह मुक्त सम्बन्धि १५ वटा सुचक पुरा गरेकाेले घाेषणा गरिएकाे बताइन्।

वडा नम्बर ५ मा १३९० जना रहेका छन्। वडा नम्बर ५ मा ५ वटा बस्ती रहेका छन्।

उक्त अवसरमा बाेल्दै वडाअध्यक्ष बडुवालले पालिकाकै पहिलाे वडाकाे रूपमा बालविवाह मुक्त हुनु नमुनायाेग्य कार्य भएकाे बताए।

उनका अनुसार आगामी दिनमा घाेषणालाई पूर्णरूपमा कार्यान्वयन गरिनेछ । उनले वडामा अबदेखि बालविवाह हुनै नदिने प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिकाका अध्यक्ष दामाेदर आचार्यले गाउँपालिका नै बालविवाह मुक्त गर्ने नीति लिइएकाे बताए।

बालविवाह मुक्त वडा घाेषणा कार्यक्रम कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विष्णु बहादुर बडुवालकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दामाेदर आचार्यको प्रमुख आतिथ्यतामा बालविवाह मुक्त वडा घोषणा कायर्यक्रम सम्पन्न भएकाे हाे।

कनकासुन्दरी गाउँपालिकाकाे आयाेजना र सहयाेग आत्मसम्मानका लागि सहकार्य, प्लान इन्टरनेशनल ,पेश नेपाल बालविवाह विरूद्व साझा अभियान सञ्जालकाे सहयाेगमा कार्यक्रम सम्पन्न भएकाे हाे।

प्रकाशित मितिः   २०८१ भाद्र १ at 3:50 pm 

  • कमेन्ट (Comment)