आवासीय चिकित्सकको निर्वाह भत्ता उपलब्ध गरिदिन नेपाल चिकित्सक संघ जुम्लाको माग

विगत १ महिना देखि नेपालका निजि मेडिकल कलेजका आवासीय चिकित्सक सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकको निर्णय कार्यान्वयनको लागि आन्दोलनरत रहेका छन्।

उक्त मागमा नेपाल चिकित्सक संघको केन्द्रिय कार्यालयले मिति २०८२/०१/१० देखि घोषणा गरेको आन्दोलनको कार्यक्रममा एक्यवद्धता जनाएको छ।

०८२/०१/११ गते सो मागको आन्दोलनलाई एक्यवद्धता जनाउँदै नेपाल चिकित्सक संघ, जुम्ला शाखाले जिल्ला प्रसाशन कार्यालय समक्ष पत्र बुझाएको छ।

पत्रमा उल्लेख गरे बमोजिम यदि अबको २४ घण्टा सम्म सम्पूर्ण माग सम्बोधन नभए चिकित्सक संघको पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम अनुसार आकश्मिक सघन उपचार कक्ष बाहेक सम्पूर्ण सेवा बहिस्कार गरि आन्दोलनमा उत्रने ब्यहोरा जानकारी गराईएको छ‌।

यदि माग पुरा नभए आन्दोलन बाट बिरामीलाइ पर्न जाने असुविधा प्रति संघले क्षमा माग्दै सोको जिम्मेवारी स्वोयम सरकारले लिनुपर्ने बताएको छ।

प्रकाशित मितिः   २०८२ बैशाख ११ at 2:01 pm 

  • कमेन्ट (Comment)