
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल चन्दननाथ नगरपालिकाको दोस्रो अधिवेशन शनिबार जुम्लामा सम्पन्न भएको छ। अधिवेशनले भुपाल न्यौपानेलाई अध्यक्ष र जितेन्द्र रावललाई सचिवमा सर्वसम्मत निर्वाचित गरेको छ।
नेपाली काँग्रेस जुम्लाको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा समन्वय प्रमुख तथा काँग्रेसका नेता गौरीनन्द आचार्यको विशेष उपस्थितिमा ३१ सदस्यीय नगर कार्यसमिति गठन गरिएको हो। साथै, अधिवेशनले जिल्ला प्रतिनिधिहरू पनि सर्वसम्मत चयन गरेको छ।
कार्यक्रममा वडाध्यक्षहरू, नेपाली काँग्रेस जुम्लाका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नव निर्वाचित अध्यक्ष न्यौपानेले संगठनलाई थप सशक्त बनाउने तथा युवाहरूलाई पार्टीमा संगठित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।










प्रकाश उपाध्याय । २०८२ बैशाख १३