कविता: स्वर्गरुपी मेरो देश

‌प्राकृतिक सुन्दरताले भरिपूर्ण मेरो देश,
हिमाल पहाड तराई भिन्न परिवेश।

‌यहाँ प्रकृतिले गाउँछ सधै मधुरतामा भाका,
गुञ्जाउँछ मिठो धुन सारा वनपाखा।

‌पहाडको टुप्पा टुप्पा नाच्छ डाँफे मुनाल,
सेत्ताम्मे हिउँ सँगै हेर्दै बस्छ हाम्रो हिमाल।

‌बनाउँछन् मनमोहक फुलेर लालिगुराँस रात्तै डाँडापाखा।
त्यही रमाउँदै गाउँछिन् कोइली मिठो स्वरमा मग्न पार्ने भाका।

‌बसेका छन् पहाड पर्वत सब हेरि हाँस्दै हाँस्दै,
छहराबाट झर्छन् झरना वेगमा उफ्रि नाच्दै।

‌हम्कन्छन् मिठो हावा भञ्ज्याङ्का वर पिपलले,
बटुवा पनि मग्न हुन्छ भुल्छ पीडा तिनको सितलले।

‌शान्तिको तपोभुमी स्वर्गको फुलबारी सुन्दर देश हाम्रो
फरक छन् धर्म फरक छन् संस्कृति त्यसमै छ राम्रो।

‌सुन्दर प्रकृतिमा रमाउँदै बसेका नेपाली हामी
जन्मिन पायौं यो प्यारो देशमा ठानौं भाग्यमानी।

प्रकाशित मितिः   २०८१ असार १५ at 6:38 am 

  • कमेन्ट (Comment)