विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन, प्रदेश अधिकारमा साझा धारणा बनाउने प्रयास

कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन सुरु हुँदैछ । संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा सहभागी हुन ६ प्रदेशका मुख्यमन्त्री विराटनगर आइसकेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री आउने टुंगो भने लागिसकेको छैन । सुदूरपश्चिमबाट प्रदेशका प्रमुख सचिव सम्मेलनमा सहभागी हुन आएका छन् ।

सम्मेलनमा सहभागी हुन मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाही सोमबार विराटनगर आइपुगेका हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट भने आइपुगेका छैनन् । प्रदेश सरकारको बजेट विवादका कारण उनी सम्मेलनमा सहभागी हुन नआएका हुन् । बजेटसम्बन्धी विवाद समाधान भए उनी मंगलबार बेलुकासम्म आइपुग्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले जनाएको छ ।

प्रकाशित मितिः   २०८३ असोज २७ at 7:34 am 

  • कमेन्ट (Comment)