तातोपानी गाउँपालिकाको १८ औं हिउँदे गाउँ अधिवेशन,चार स्थानीय कानूनको प्रस्ताव

तातोपानी गाउँपालिका, जुम्लाको आर्थिक वर्ष २०८२/०८३ को हिउँदे गाउँ अधिवेशन सुरु भएको छ। अधिवेशनमा बजेट संशोधन, खर्च प्रगति समीक्षा, स्थानीय कानून निर्माण तथा जलवायु परिवर्तनसम्बन्धी नयाँ परियोजना सञ्चालनबारे छलफल गरिएको छ।

अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले योजना र कार्यक्रम सफल बनाउन कार्यान्वयन पक्षलाई प्राथमिकतामा राखिएको बताए। उनले भने, ‘योजना प्रस्तुत गर्नु मात्र हाम्रो लक्ष्य होइन, त्यसलाई नतिजामुखी बनाउनु हाम्रो दायित्व हो। तातोपानी गाउँपालिकाले सधैं परिमाणभन्दा नतिजालाई महत्व दिँदै आएको छ।’ अध्यक्ष चौलागाईंका अनुसार १७औँ गाउँसभामा प्रस्तुत गरिएको ५३ करोड ५९ लाख ८२ हजार रुपैयाँको बजेट संशोधन भई हाल कुल बजेट ५३ करोड ८८ लाख ९० हजार ६ सय ५४ रुपैयाँ पुगेको छ। जसमा चालु तर्फ ३४ करो

प्रकाशित मितिः   २०८२ मङ्सिर २८ at 2:04 pm 

  • कमेन्ट (Comment)