
ताताेपानी गाउँपालिका -४ मा रक्त समूह पशिचान शिविर संचालन गरिएको छ। उक्त शिविरबाट नि:शुल्क रगत परिक्षण गर्दा १६ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
वैशाख २३ देखी ३० गतेसम्म संचालित रक्त समूह पहिचान शिविरबाट नागरिकले गाउँमै सेवा पाएका हुन्।
वडा भित्रका ५ बस्ती, एक माध्यमिक र चार वटा आधारभूत विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय नागरिक सहित अन्य गरेर शिविरबाट एक हजार छ सय ८२ जनाकाे रगत परिक्षण तथा रक्त समुह पहिचान गरिएकाे वडाध्यक्ष अमर बहादुर राेकायाले बताए।
‘रगत परिक्षण सहित सुगर परिक्षण, प्रेसर जाँच गरिएकाे हाे,’ उनले भने, ‘छिमेकी वडाको जसमा दुर्गा मावि लाम्राका १५० जना विद्यार्थी सहित एैरेनीका स्थानीयले पनि सेवा लिन पाएका छन्।’
वडा अध्यक्ष रोकायाका अनुसार संकलन गरिएका सबै नागरिकहरुकाे रक्त समूहकाे तथ्यांक संकलन पश्चात रक्त समुह डायरी तयार गरि सबै घरधुरीमा एकएक प्रति उपलव्ध गराउने याेजना रहेकाे छ।
‘केही दिनका रक्त समूह डायरीकाे बिमाेचन गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘यसले आगामी दिनमा कोही पनि रगतका लागि छटपटाउनुपर्ने छैन।’











कनका खबर । २०८१ बैशाख ३१