मानवीय गतिविधिले डाँफेको आवाज फेरिँदै, बासस्थान पनि माथि सर्दै

मानवीय गतिविधि बढ्दै जाँदा हिमाली क्षेत्रको सुन्दर पन्छी डाँफेको बासस्थान र सञ्चार गर्ने शैलीमा समेत परिवर्तन आउन थालेको अनुसन्धानले देखाएको छ ।
पाँच वर्ष लामो दुई छुट्टाछुट्टै अध्ययनले पूर्वाधार विकास, पर्यटन र बढ्दो मानवीय चहलपहलले डाँफेको प्राकृतिक जीवनमा गम्भीर असर पारिरहेको देखाएको बीबीसीले जनाएको छ ।

डाँफे हिमाली वन क्षेत्रमा पाइने सुन्दर चरा हो । भाले डाँफे हरियो, निलो र ताम्र रंगका चम्किला प्वाँखका कारण विशेष आकर्षक देखिन्छ । नेपालमा राष्ट्रिय पक्षीका रूपमा चिनिने डाँफे भारतको उत्तराखण्ड राज्यको पनि राज्य पक्षी हो ।

अनुसन्धानका अनुसार मानवीय गतिविधिका कारण डाँफेको प्राकृतिक बासस्थान खुम्चिँदै गएको छ । अर्कोतर्फ, पर्यटकीय क्षेत्रहरूमा बढेको सवारीसाधन र मानिसको आवाजका कारण डाँफेले आफ्नो आवाजको पिचसमेत परिवर्तन गर्न थालेको पाइएको छ ।

प्रकाशित मितिः   २०८३ असोज २१ at 11:38 am 

  • कमेन्ट (Comment)