
जुम्लामा प्रेस चौतारीको चौथो जिल्ला अधिवेशन विहिबार सम्पन्न भएको छ। पत्रकार मानदत्त रावलको नेतृत्वमा जुम्ला शाखाको नयाँ कार्यसमिति गठन भएको हो। अधिवेशनको उद्घाटन सत्रपछि भएको बन्द सत्रले रावललाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।
रावलको नेतृत्वमा गठित १५ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्ष (खुला)मा सपना रावत, उपाध्यक्ष (समावेशी)मा लक्ष्मी न्यौपाने चयन भएका छन्। सचिवमा पत्रकार काली बहादुर परियार, सह-सचिव(खुला)मा दिपक बुढाथापा, सह-सचिव (समावेशी)मा प्रभा भण्डारी निर्वाचित भएकी हुन् भने कोषाध्यक्षमा महेश चौलागाईं चयन भएका छन्।
कार्यसमितिका सदस्यमा सीता कुमाई, कविता थापा, प्रभा भण्डारी, स्यानु उपाध्याय, हिर बहादुर रोकाया, ललितजंग थापा, लोकेशजंग कामी, बिन बहादुर रावत, नरेन्द्र रोकाया निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आजै शपथ ग्रहण गरेका छन्।
प्रदेश महासचिव प्रेमराज सिम्खडाले पत्रकारहरुको पेशागत हक र सुरक्षाका लागि प्रेस चौतारीले अग्रणी भूमिका खेल्नुपर्ने बताए। प्रेस चौतारीका संरक्षक गोर्ख बहादुर थापा, पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले नयाँ निर्वाचित कार्यसमितिलाई बधाई दिएका छन्।











विश्व प्रकाश । २०८१ माघ १७