
जुम्लामा गाडीको कोलियामा एक युवक मृत अवस्थामा फेला परेका छन्। गाडीको कोलियामा जुम्ला हिमा गाउँपालिका–१ आर्चायका २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका हुन्।
बुधबार साँझ करिब ८:३० बजे जुम्ला जिल्लाको हिमा गाउँपालिका–१ आर्चायमा मुगुबाट सुर्खेततर्फ जाँदै गरेको एसएलएम गाडी (क.प्र. ०२००१ख ११८०) मा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक ( डिएसपी ) रबिन बाबू रेग्मीले जानकारी दिएका छन ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जुम्ला लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











कनका खबर । २०८२ असोज २३