भैरव माध्यमिक विद्यालय विज्ञान विभागको आयोजना तथा उक्त विद्यालयका पूर्व विद्यार्थी प्रकाश भण्डारीको सहयोगमा स्वास्थ्य परिक्षण तथा रगत समूह परिक्षण कार्यक्रम सम्पन्न भएको छ।
मौसम परिवर्तन सँगै स्वास्थ्यमा देखिने समस्यालाई मध्यनजर गरि अध्ययनरत विद्यार्थी र शिक्षकहरुको स्वास्थ परिक्षण गरिएको हो।
साथै विद्यार्थीको स्वास्थ्यमा आइरहने समस्या सँगै बेला बेला भइरहने रगतको समस्यालाई मध्यनजर गरि सम्मपूर्ण विद्यार्थीको रगत समूह परिक्षण गरि विद्यालयमा ब्लड बैंकिङ समूह निर्माण गरिएको शिक्षक धर्मेन्द्र अधिकारीले बताए।
उनका अनुसार विद्यार्थीमन रगत समस्या भएको बेला सजिलै उपलब्ध गर्न सकिने छ भने यसबाट सम्पूर्ण विद्यार्थी तथा आपतमा परेका विद्यार्थी लाभान्वित हुनेछन्।
सम्पूर्ण विद्यार्थीको परिक्षण गर्न हस्पिटल मै जाँदा समय र आर्थिक खर्च हुने र सबै विद्यार्थीको पहुँच पनि हुन नसक्ने हुँदा विद्यालयमै गर्दा सबैलाई सहज भएको स्वास्थ्यकर्मी भण्डारीले बताए।
‘शिक्षा सँगै स्वास्थ जोडिएको छ। विद्यार्थीको स्वास्थ्य राम्रो भएमा शिक्षा सिक्ने वातावरण निर्माण हुन्छ,’ उनले भने, ‘नेपाल सरकारले अबलम्बन गरेको कार्यक्रम विद्यालय नर्स कार्यक्रमबाट बन्चित विद्यालयका बालबालिकाको लागि सरोकारवाला निकायको ध्यानाकर्षण हुन जरुरी छ।’
नगरपालिका भित्र शैक्षिक तथा विविध क्षेत्रमा आफ्नो सक्रिय उपस्थिति जनाए पनि विविध समस्याले पठनपाठनमा समस्या देखिरहेको विद्यालयका प्रधानाध्यापक कमल शाहीले बताए।
‘अहिलेको सिकाई प्रभावकारी र उपलब्धि मुलक बनाउन लागि विज्ञान प्रयोगशाला र आईसीटी ल्याब अति आवश्यक हुन्छ,’ उनले भने, ‘अहिलेसम्म हामीले हाम्रा विद्यार्थीहरलाई यसको प्रयोग/ शिकाई भन्दा पनि देखाउन सकेका छैनौं।’
अन्य भौतिक समस्याहरु पनि जिवितै छन्। यस्ता विभिन्न समस्या सँगै, चुनौतीका माझ पनि विद्यालयले आफ्नो पठनपाठन लगायतका अन्य गतिविधिहरु निरन्तर संचालन गरिरहेको छ।
कनका खबर । २०८१ असार १८