पहिरोले अबरुद्ध कर्णाली राजमार्ग पुनः सुचारु 

अविरल वर्षापछि अबरुद्व कर्णाली राजमार्गकाे गगनेखाेलाकाे पहिरो पन्छ्याईएको छ। गएरातीदेखिको अविरल वर्षापछि पहिरो खस्दा आज विहान ६ बजेदेखि अरुबद्व रहेको सडक हाल खोलिएको सडक डिभिजन जुम्लाले जानकारी दिएकाे छ।

कालिकाेट स्थित गगनेखाेलाकाे पहिराे पन्छाएर सडक सुचारु भएपनि जितेगाडमा पहिराे खसेर सडक अबरुद्व भएकाे छ। राजमार्गकाे अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ।

भने कालीकोट को जितेगाडमा ठूलो ढुङ्गा सहितको पहिरो आइ सडक अवरुद्ध भएको सडक डिभिजनका प्रमुख दिपेन्द्र चाैधरीले जानकारी दिए।

प्रकाशित मितिः   २०८२ असार १६ at 9:23 am 

  • कमेन्ट (Comment)