
जुम्लाको गुठीचौर गाउँपालिका का अध्यक्ष दानबहादुर बुढाको पद रिक्त भएको छ। निर्वाचन आयोगले २०८३ असार ९ गते प्रकाशित सूचनामार्फत नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित बुढाले दल त्याग गरी अर्को दलमा प्रवेश गरेको जानकारी प्राप्त भएपछि उनको पद स्वतः रिक्त भएको निर्णय गरेको जनाएको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ तथा नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगले असार ८ गते पद रिक्त भएको निर्णय गरेको हो। यससँगै गुठीचौर गाउँपालिकाको अध्यक्ष पद हाल रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ।











कनका खबर । २०८३ असार ९