निर्वाचन केन्द्रित सर्वदलिय बैठक: मनोनयन दर्ताको समय निर्धारण लगायतका ६ निर्णय 

जुम्ला ।  जुम्लामा निर्वाचन केन्द्रित सर्वदलिय बैठक सम्पन्न भएको छ । माघ ६ गते हुने मनोनय दर्तालाई व्यवस्थित गर्ने बारे बसेको बैठकले विभिन्न छ वटा निर्णय गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मनोनय दर्तादेखि निर्वाचनका सबै गतिविधि सभ्य बनाउन छलफल गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तको अध्यक्षतामा बसेको बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो । जसमा उम्ममेदवारको नोनय दर्ताको समय निर्धारण लाई प्रथामिकता दिईएको छ ।

उम्मेदवारी दर्ताका बेला निकै भिडभाड हुने भएकाले त्यसलाई सहज, व्यवस्थित र कम भिडभडमा सम्पन्न गर्न सर्वक्षिय छलफल गरिएको हो ।
त्यसमा नेकपा एमालेका लागि ३ बजेदेखि ३:३० सम्मको समय दिईएको छ । भने नेपाली काँग्रेसका लागि ४ बजेदेखि ४:३० सम्मको समय निर्धारण गरिएको छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका लागि दिउँसो १ बजेदेखि १:३० सम्म, राष्टि्य स्वतन्त्र पार्टीलाई २ बजेदेखि २:३० सम्म, राष्टि्य प्रजातन्त्र पार्टीलाई १:३० बजेदेखि २ बजेसम्म समय निर्धारण गरिएको छ ।
भने  नेकपा माओवादीलाई १२ बजेदेखि १२:३० सम्म र नेपाल मजदुर किसान पार्टीलाई १२:३० देखि १ बजे सम्म निर्धाण गरिएको मुख्यनिर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । साथै अन्य स्वतन्त्र उम्मेदवारहरुलाई विहान १० देखि १२ बजे सम्म ४:३० देखि ५:०० बजे सम्मको समय तोकिएको छ।
मनोनय दर्ताका लागि निर्धारण गरिएको समय पालना गर्न दलहरुले प्रतिबद्वता जनाएका छन् ।
सर्वपक्षिय बैठकका अन्य निर्णय यस्ता छन् ।
नं ३ः मनोनयन पत्र दाखिल गर्ने क्रममा हामि उपस्थित राजनीतिक उम्मेदवारहरुले अनिवार्य रुपमा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०६२ को अनुसूची-५ मा उल्लेखित मनोनयन पत्र, अनुसूची-६ मा उल्लेखित स्वघोषणा, अनुसूची- डेपक्तिक विवरण र अनुसूची-५ मा उल्लेख भएका उम्मेदवारले पेश गर्नपर्ने लिखत ९मा उल्लेखित सम्पत्ति विवरण (खामवन्दी) अनुसूची-१० मा उल्लेखित उम्मेदवारको कागजातहरु (नागरिकताको प्रमाणपत्र, मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण रसो को निस्सा, राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिक पत्र, नगद धरोटी रु.१०,०००।। साथमा लिई उम्मेदवार मनोनयनका लागि उपस्थित हनेछौ भनी प्रतिवद्धता व्यक्त गर्दछौं।
निर्णय नं. ४: मिति २०८२।११।२१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ प्रयोजनको लागि मिति २०८२।१०।०६ मा मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्दा उम्मेदवार, उम्मेदवारको प्रस्तावक र उम्मेदवारको समर्थक सहित जम्मा ३ जना मात्र कार्यालयको गेटबाट प्रवेश गर्ने निर्णय गरियो।
निर्णय नं.५: उम्मेदवारको मनोनयन २०८२।१०।०६ का दिन हुने हुँदा राजनीतिक दल/स्वतन्त्र उम्मेदवारको टुङ्गो लागिसकेको अवस्थामा मतदाता नामावलीमा नाम रहेको निस्सा मिति २०८२।१०।०५ गते भित्र उम्मेदवारको प्रतिनिधि वा उम्मेदवार स्वयं उपस्थित भई बुझ्ने निर्णय गरियो।
निर्णय नं.६ः मिति २०८२।११।२१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ प्रयोजनको लागि निर्वाचन आयोग द्वारा जारी निर्वाचन आचारसंहिता, २०८२ अक्षरशः पालना गर्न साथै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ शान्तिपूर्ण, धाँधलीरहित, भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग समन्वय र योगदान गर्न प्रतिवद्धता व्यक्त गर्दछौं।

प्रकाशित मितिः   २०८२ माघ ४ at 2:45 pm 

  • कमेन्ट (Comment)