कर्णालीमा काँग्रेसका चार मन्त्रीले लिए सपथ

कर्णाली प्रदेश सरकारमा सामेल नेपाली कांग्रेसका नवनियुक्त चारजना मन्त्रीहरूले शपथ लिएका छन्। नेपाली कांग्रेसको तर्फबाट शुक्रबार सिफारिस भएका चारजना मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार शपथ खुवाएका छन्। प्रदेश सरकारमा नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा मन्त्री बनेका हुन्।

कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम शुक्रबार नै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पठाइए पनि आन्तरिक तयारी नपुगेको भन्दै मुख्यमन्त्री यामलाल कँडेलले शपथ अगाडि बढाएका थिएनन्।

जम्मा ८ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ मन्त्रालय कांग्रेसले पाएको छ। कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।

प्रकाशित मितिः   २०८१ साउन २० at 8:50 pm 

  • कमेन्ट (Comment)