पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन शाहको कार्यशलीप्रति संशय व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारका कामकारबाही र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिका समेतलाई जोडेर जनतामा अपेक्षित उत्साह जाग्न नसकेको टिप्पणी गरे । यसका पछाडिका सम्भावित कारणहरू केलाउँदै प्रचण्डले प्रधानमन्त्री बालेन र रास्वपाप्रति नै संशय व्यक्त गरेका हुन् ।
सम्बोधनको सुरुमै उनले सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर भएका घटनाबारे विस्तृत अध्ययन गर्न सरकारलाई आग्रह गरे । साथै, यो घटनामा सरकारको भूमिका पनि केलाए ।
‘यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइराखेको छ,’ प्रचण्डले भने, ‘यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो ? के त्यहाँ गोली चलाउनै पर्ने अवस्था थियो ? समस्या समाधानका अन्य उपाय र विकल्पहरूमा के कति पहल गरियो या गरिएन ?’ यसबारे सरकारले अध्ययन गर्नुपर्ने उनको माग छ ।
नागरिकमा निराशा बढ्नु, झडपका घटना देखिनुको कारण सरकारले आफ्नो व्यवहारमा छ कि भनेर हेर्नुपर्ने पनि उनको भनाइ छ ।











कनका खबर । २०८३ साउन १४