सार्वजनिक शिक्षा सुधार अभियान -४

भर्ना खुल्यो भन्छ शिक्षक
आफ्नो होइन निजी विद्यालयको
आफ्नोमा देख्दैन केही पनि ऊ
नत विद्यार्थी, नत संरचना, नत शिक्षा
देख्दछ सबै-सबै थोक निजीमा
त्यहीँ भएर होला ?
आफ्नो बच्चा आफ्नोमा नभई निजीमा छ
अनि कसको बच्चा उसकोमा आउला ?
भर्ना गरौं भन्दै तम्सिन्छ नेता
तामझामका साथ अभियान
उद्घाटन गर्छ नेता
अगाडि यसो गर्छु उसो गर्छु
बच्चा भर्ना गरौं भन्ने नेता
पछाडि यसो छैन उसो छैन
भन्दै निजी विद्यालय भर्ना गर्छ नेता
अर्को छ नीति निर्माण तहमा
भन्छन् सबैले निजामती कर्मचारी
भर्ना गरौं त यिनीहरू पनि भन्छन् सरकारीमा
आफ्ना बच्चा होइन भुइँ मान्छेका बच्चा
अनि भन्छन् काम छैन सरकारी शिक्षा
भर्ना खुल्यो भन्छन् सबै
सरकारीमा होइन निजीमा
कसरी सफल होला भर्ना अभियान ?
कसरी सुध्रिन्छ होला सरकारी शिक्षा ?











महेश रावल । २०८१ बैशाख २९