एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।
मंसिर २ र ३ गते हुन लागेको राष्ट्रिय भेलाको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको सचिव महेश बस्नेतले जानकारी दिए ।

एमालेले पत्रकार सम्मेलन आयोजना गरी सोमबार दिएको जानकारी अनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् ।

पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ ।

प्रकाशित मितिः   २०८३ मङ्सिर २ at 9:04 am 

  • कमेन्ट (Comment)