प्रदेश सभापति ललितजङ्ग शाहीले अझै गरेनन् कांग्रेस सदस्यता अध्यावधिक

जुम्ला, नेपाली कांग्रेसले देशभर सदस्यता अध्यावधिक अभियान सञ्चालन गरिरहेको बेला कर्णाली प्रदेश सभापति तथा राष्ट्रिय सभा सदस्य ललितजङ्ग शाही ले भने हालसम्म आफ्नो सदस्यता अध्यावधिक नगरेको पाइएको छ ।

नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढा का अनुसार शाहीले आजको मितिसम्म पनि सदस्यता अध्यावधिक गरेका छैनन्। शाहीको स्थायी ठेगाना चन्दननाथ नगरपालिका–५, जुम्ला रहेको छ। उनी पार्टी सभापति शेरबहादुर देउवा निकट नेताका रूपमा चिनिन्छन् ।

जिल्ला कार्यसमितिका अनुसार हालसम्म जुम्लामा २ हजार ५ सय ३५ जना क्रियाशील सदस्यले आफ्नो सदस्यता अध्यावधिक गरिसकेका छन्। कांग्रेसले सदस्यता अध्यावधिकको अन्तिम म्याद साउन ३ गते सम्म तोकेको छ।

प्रदेश सभापति निकट जिल्लाका केहि नेता कार्यकर्ताले अध्यावधीक गरी सकेका छन । यसैमा देउवा निकट मानीएकी निवर्तमान केन्द्रीय शदश्य कान्तिका सेजुवालले पनि अध्यावधीक गरि सकेकिछन उप सभापति कार्मा बुढाले जानकारी दिए ।

उपसभापति कार्मा बुढाले तोकिएको समयसीमाभित्र सदस्यता अध्यावधिक गर्ने क्रम जारी रहेको र सबै नेताकार्यकर्ताले समयमै प्रक्रिया पूरा गर्ने अपेक्षा गरिएको बताए। हाल जिल्लाभर सदस्यता अध्यावधिक अभियानलाई तीव्रता दिइएको नेपाली कांग्रेस जुम्लाले जनाएको छ ।

प्रकाशित मितिः   २०८३ असार २९ at 6:49 pm 

  • कमेन्ट (Comment)