विपद् प्रभावित नागरिकको मर्यादा र गोपनीयताको सम्मान गर्न मन्त्री वादीको आग्रह

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद् प्रभावित नागरिकको मर्यादा र गोपनीयताको सम्मान गर्न आग्रह गरेकी छिन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै मन्त्री वादीले राहत वितरणका नाममा पीडितको अनुमतिविना तस्बिर वा भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गर्ने कार्यलाई रोक्न आग्रह गर्दै बालबालिकाको अधिकार र सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिइन् ।

मन्त्री वादीले हालसम्म बाढीका कारण प्रभावित ६ हजार ४५९ जनाले मनोसामाजिक प्राथमिक सहायता प्राप्त गरेको जानकारी दिइन् ।

उनका अनुसार उद्धार कार्यमा खटिएका १५५ कर्मचारी र सुरक्षाकर्मीलाई तनाव व्यवस्थापन तालिम दिइएको छ भने प्रभावितमैत्री सेवा प्रवाहका लागि थप १०२ जनालाई अभिमुखीकरण गरिएको छ ।

प्रकाशित मितिः   २०८३ असोज ८ at 1:11 pm 

  • कमेन्ट (Comment)