कांग्रेसले वरिष्ठ उपसभापतिसहित पदाधिकारी संख्या बढाउने, केन्द्रीय सदस्य पनि थप्ने

नेपाली कांग्रेसले पदाधिकारीसहित केन्द्रीय समितिको आकार बढाउने भएको छ । विधान मस्यौदा समितिलाई पार्टी पंक्तिबाट आएको सुझावका आधारमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने भएको हो ।
पार्टीको नेतृत्वमा आउने चाहने आंकाक्षीहरूको सहज व्यवस्थापनका लागि विधान संशोधन गर्न लागिएको हो । पार्टीभित्रका फरक मनोविज्ञानहरूलाई समेत समेट्नुपर्ने दबाबमा नेतृत्व परेपछि संख्या थप्न लागिएको हो ।

हाल विधानमा भएको व्यवस्थामा केन्द्रीय सदस्य २३१ जना हुने छ । पदाधिकारी १७ जना हुने विधानको व्यवस्थामा पनि संशोधन हुने भएको छ ।

पार्टी स्रोतका अनुसार उपसभापतिमा एक महिला अनिवार्य गर्ने गरी संशोधन गर्न लागिएको छ । दुई उपसभापति हुने विधानको व्यवस्थामा एक जना थप्ने गरी संशोधन गर्न लागिएको हो ।

उपसभापतिमा पनि महिला कोटा सुरक्षित गर्ने गरी विधान संशोधन गरिने भएको छ । साथै, उपसभापतिमा एक जना वरिष्ठ उपसभापतिको पद सिर्जना गर्न लागिएको छ ।

प्रकाशित मितिः   २०८३ असोज १८ at 12:16 pm 

  • कमेन्ट (Comment)