संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लक्ष्मि सनराइज बैंकले जुम्लाको रत्नचूडेश्वर माविलाई फिल्टर वितरण गरेको छ। स्कुललाई २१ लिटरका छ वटा फिल्टर वितरण गरिएको हो।
बैंकले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केही न केही सामाजिक गतिविधि गरिरहेको बैंकले यो पाली जुम्लाको रत्नचूडेश्वर माविलाई फिल्टर सहयोग गरेको हो।
वित्तीय सारक्षरता प्रदान गर्ने बेला विद्यार्थीलाई स्वच्छ पानीको उपलब्धतालाई ख्याल गरि फिल्टर उपलब्ध गराउने विषयमा सोचेर निर्णय गरिएको लक्ष्मि सनराइज बैंकका जुम्ला शाखा प्रबन्धक खडक प्रसाद देवकोटाले बताए।
‘रत्नचूडेश्वर मावि जुम्लामा व्यवस्थापन संकायका राम्रा विद्यार्थी उत्पादन गर्ने संस्था हो,’ उनले भने, ‘यस्तो विद्यालयसँग हामी लामो समयका लागि सम्बन्ध स्थापित गर्न चाहन्छौं।’
खानेपानीको उपलब्धता भएपनि फिल्टर गर्ने विधि विद्यार्थीहरु स्वच्छ पानीको पहुँचबाट विमुख हुनु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन न्यौपानेले बताए।
‘अब विद्यार्थीहरु स्वच्छ पानी खान पाउनेछन्,’ उनले भने, ‘यो महत्त्वपूर्ण कार्यका लागि लक्ष्मि सनराइज बैंक परिवारलाई धन्यवाद छ।’
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केही न केही सामाजिक गतिविधि गर्दा लाभ मिलेको विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर रोकायाले बताए।
उनले भने, ‘लक्ष्मि सनराइज बैंले स्कुललाई ठूलो गुन लगाएको छ। यसका लागि बैंक परिवारलाई धेरैधेरै धन्यवाद।’
महेश नेपाली । २०८१ जेष्ठ २९