रवि लामिछानेको चीन भ्रमण स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ ।
उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो । अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिएको थियो ।

तर सेप्टेम्बर दोस्रो साता पनि सभापति लामिछानेको भ्रमण नहुने भएको छ । स्रोतका अनुसार अब सांसदहरुको टोली मात्र चीन जाने भएको छ ।

भारत भ्रमणपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने तय भएको थियो ।

प्रकाशित मितिः   २०८३ भाद्र ७ at 1:55 pm 

  • कमेन्ट (Comment)