
साफ यू–२० च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि जित हासिल गरेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा सातदोबाटोको एन्फा कम्प्लेक्समा आइतबारदेखि सुरु च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई १–० ले हरायो।
नेपालको जितमा नीराजन धामीले निर्णायक गोल गरेका थिए। पहिलो खेलमा ३ अंक जोडे पनि प्रशिक्षक उर्जन श्रेष्ठ खुसी हुन सकेनन्।
श्रेष्ठले युवा खेलाडी विपक्षीविरुद्ध फिनिसिङमा चुकेको स्विकारेका छन्।
फिनिसिङमा फितलो प्रदर्शन हुँदा नै नेपालको आधा दर्जन गोल प्रयास असफल भएको थियो।
दशरथ रंगशाला खेलका लागि अयोग्य भएपछि एन्फा कम्प्लेक्समा प्रतियोगिता भएको हो।
कृत्रिम मैदानमा नेपालले २४औँ मिनेटमा १–० को अग्रता लियो।
नीराजनले श्रीलंकाली बक्सभित्रबाट रक्षक र गोलरक्षकलाई बिट गर्दै आकर्षक गोल गरेका हुन्।
उनको गोलसँगै नेपाल प्रतिस्पर्धामा फराकिलो अन्तरले विजयी हुने देखिएको थियो।











कनका खबर । २०८१ भाद्र ३