रक्तदान गरेर मनाए बसन्तले जन्मदिन 

जुम्लाको कनकासुन्दरी गाउँपालिका १ बुम्रमाडिचौरमा जन्मिएका सहयोगी भाव बोकेका बसन्त बुढाले आफ्नो २४ औं जन्मदिनको अवसरमा रक्तदान गरेका छन्।

जुम्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिभिन्न समयमा जिल्ला बाहिर बाट आउने लगायत जिल्ला भित्रका बिरामीहरुलाई आवश्यक रगतको अभाव पर्न जाने भएकाले रक्तदान गरेको बुढाले बताए।

जन्मदिनको बाहानामा बिभिन्न खाले खर्च गर्नु ठिक नहुने उनको बुझाई छ। उनले भने; सकारात्मक सोचका साथ अघि बढ्ने हो भने पक्कै पनि देश नै समृद्ध हुन्छ।

उनि २३ वर्ष पुरा भई २४ वर्षमा प्रवेश भएका छन्। जन्मदिनको अवसरमा आफु लगायत आफ्ना साथीहरूलाई अस्पतालमा लिई उनले रक्तदान गरेका हुन।

अति आवश्यक परेका र जिल्ला बाहिर बाट आउने बिरामीलाई आवश्यकता अनुसार रगतको प्रबन्ध मिलाउन उनले चिकित्सकलाई सुझाव दिएका छन्।

सानै देखी मानवसेवामा लागेका बसन्तले आगामी दिनमा पनि आवश्यकता अनुसार आफुबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता गरेका छन्।

बिभिन्न खुशीका क्षणलाई फजुल खर्ची गरि नमनाई मानव सेवामा योगदान पुर्याउन हुन सम्पुर्णमा उनले सुझाव दिएका छन्।

प्रकाशित मितिः   २०८२ असार १५ at 4:23 pm 

  • कमेन्ट (Comment)