
जुम्ला प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति, जुम्लाको आयोजनामा विशेष भेला हुने भएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवाद, विद्यार्थी एकता भन्ने मूल नारासहित आयोजना गरिने उक्त कार्यक्रम २०८२ माघ २९ गते मनोसरोवर होटेलमा हुने आयोजकले जनाएको छ ।
भेलामा प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार दिप बहादुर शाही प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता रहने र निर्वाचन केन्द्रित रणनीति, संगठन सुदृढीकरण तथा प्रचारप्रसारका विषयमा छलफल नेविसंघ जु्म्लाका अध्यक्ष महेश हमाले जानकारी दिए ।
आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई सुदृढ बनाउन तथा युवाशक्तिको एकता अभिवृद्धि गर्न भेला महत्वपूर्ण हुने विश्वास आयोजकले व्यक्त गरेको छ । नेविसंघले कार्यक्रममा जिल्लाका विद्यार्थी, शुभेच्छुक तथा सरोकारवालालाई उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।











कनका खबर । २०८२ माघ २८