पातारासीका ८४ जनाले एकैसाथ काँग्रेस परित्याग गरे

पातारासी गाउँपालिका -६ घोडेससका ८४ जनाले एकैसाथ नेपाली काँग्रेस पार्टी परित्याग गरेका छन्।

जेठ ३२ गते घोडेसिन निबासी पन्नी बहादुर बुढाको अध्यक्षमा बसेको बैठकले पातारासीमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टीको विधि विधान विपरित जनताको चाहाना भावना र आवश्यकता नबुझी मनपरी रुपमा अघि बढेको निष्कर्ष सहित काँग्रेस पार्टी परीत्याग गर्ने निर्णय गरेका हुन्।

पार्टी परित्याग गर्नेमा पन्नी बहादुर बुढा, राम बहादुर बुढा र कृष्ण बहादुर बुढा नेपाली काँग्रेसको क्रियाशील सदस्य समेत छन्। तीन क्रियाशील सदस्य सहित ८१ जना साधारण सदस्यले पार्टी छोड्ने निर्णय गरेको स्थानीय पन्नी बहादुर बुढाले बताए।

‘पार्टी परित्याग गरेको निर्णय जिल्ला कार्य समिति र पालिका कमिटीलाई समेत बुझाई सकिएको छ। पार्टीको विचार विधि सबै ठिक छ,’ उनले भने, ‘तर केहि व्यक्तिको प्रवृत्तिले जनतामा निराशा छाएको छ। जसका कारण पार्टी छोड्न बाध्य भयौं। अब छुटै एउटा समुह बनाउँछौं। जसले पातारासीको समृद्धीका लागि सधै पैरबी गर्ने छ।’

उनका अनुसार हालै कुनै अन्य पार्टीमा पनि नजाने र तटस्थ बस्ने निर्णय भएको छ।

प्रकाशित मितिः   २०८१ असार ३ at 12:31 pm 

  • कमेन्ट (Comment)