सडकमा हिउँ जमेपछि कर्णाली राजमार्गकाे सातमोड खण्डमा यात्रु अलपत्र । 

मुगु पुस १५ गते,

मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालगन्ज तर्फ जाँदै गरेका तीन वटा यात्रुबाहक बस कर्णाली राजमार्ग अन्तरर्गत घुच्ची खण्डको सातमोेड भन्ने स्थानमा अलपत्र परेका छन । सडकमा हिउँ र बरफ जमेका कारण बसहरू फसेपछि नेपालगन्ज जाने यात्रुहरू बिच सडकमै अलपत्र परेका हुन् ।

सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु रातभर जागा बस्नु परेको बसका यात्री राज्यलक्ष्मी बमले जानकारी गराउनु भयो ।

‘पुसको कठ्याङ्ग्रिदो जाडोमा रातभर गाडीभित्र भोकै बस्यौँ, उद्धार गर्ने कोही भएन,’ उनले भनिन्, ‘कठ्यांग्रिने चिसो मौसममा बाल बच्चा, बिरामी र बूढाबूढी अत्यधिक चिसोले बढी समस्यामा परेका छन्।’ उद्धारका लागि सबैतिर हारगुहार गरे पनि अहिलेसम्म कतै पनि सुनुवाइ नभएकाे उहाले फोनबाट  बताउनु भयो ।

सामाजिक कार्यकता जय बहादुर नेपालीले आफ्नो फेसवुक एकाण्टमा स्टाटस पोष्ट गर्दै हिउदको चिसो,उच्छ हिमाल,नबास,न गाँस विच बाटोमा हिउँ र वरफले बस न अगाडि जान सकेको छ न त पछाडी नै फर्कन सकेका छन जतिसक्दो छोटो उद्दार गरिदिन सडक डिभिजन कार्यालय जुम्ला र सरोकारवाला सबैलाइ आग्रह गतेका छन ।

हिउँ र बरफ जमेकाले सातमोडमा गमगढि आउने र गमगढी बाट गएका सवारी साधनहरु आइतवारबाट रोकिएपनी सोमबार दिउसो ३ बजे तिर  बाटोमा जमेको हिउँ र बरफ सडक डिभिजनका कर्मचारी र स्काभेटरले हटाउदा सडक सुचारु भैसकेको रारा छायानाथ यातायात प्रालिका सचिव सन्तोष शाहिले बताउनु भयो ।

कर्णाली राजमार्गको यो खण्ड घुच्चीलेख तथा रारा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भएर जाने भएकाले हिउँ पदा हिउँ जमेर र पानी पर्दा रुख ढलेर सधै सडक अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मितिः   २०८१ पुष १५ at 5:25 pm 

  • कमेन्ट (Comment)