फरक क्षमता भएका विधार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै जन्म दिन मनाए युवा नेता धनराजले

जन्म दिनलाई समाजसेवामा परिणत गर्ने प्रचलन पछिल्लो समय व्यापक बनिरहेको छ। सोहि प्रचलनलाई प्रथामिकता दिँदै जुम्ला जिल्ला पातारासी गाउँपालिका ३ हुरीका समाजसेवी तथा युवा नेता धनराज बुढाले आफ्नो २५ औं जन्मदिनको अवसरमा जुम्ला स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगरमा अध्ययनरत ४८ जना फरक क्षमता भएका विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन्।

आवश्यक शैक्षिक सामाग्री वितरण गर्दै जन्मदिन मनाउँदा हर्षित बनेका बुढा भन्छन; जन्मदिन मनाउने बाहानामा फजुल खर्च गर्नु भन्दा आवश्यकता परेकालाई सके जतिको सहयोग गर्नु उत्तम हो।

जुम्ला बहुमुखी क्याम्पसमा स्नातक तर्फ ४ वर्ष अध्ययनरत धनराज बुढा सोहि क्याम्पसका स्ववियु सहसचिव पनि हुन्। सानै देखी सहयोगी भाव बोकाका उनि हरेक खालका सामाजिक कार्यमा संलग्न हुने गर्दछन्। हरेक खालका उत्सवलाई फजुल खर्ची नगरि समाज सेवामा योगदान पुर्याउन उनले सुझाव दिएका छन्।

प्रकाशित मितिः   २०८२ जेष्ठ १५ at 5:22 pm 

  • कमेन्ट (Comment)