खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समिति जुम्लाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सम्पन्न निर्वाचनमा महेन्द्र बहादुर थापा अध्यक्ष पदमा निर्वाचित भएका छन्।
अध्यक्ष पदमा भएका प्रतिस्पर्धामा अशोक कुमार श्रेष्ठले २१८ मत र मिन बहादुर थापाले २१८ मत प्राप्त गर्दा महेन्द्र बहादुर थापाले ४०९ मत ल्याउँदै विजयी भएका हुन्।
त्यस्तै उपाध्यक्ष पदमा काली बहादुर थापा ४९५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी काली बहादुर महतले २७० मत प्राप्त गरेका छन्।
महासचिव पदमा टिका नगरकोटीले ३१४ मत प्राप्त गर्दा दत्त बहादुर शाही ३४१ मतसहित विजयी भएका छन्। अर्का उम्मेदवार राज बहादुर भक्रीले १५६ मत प्राप्त गरेका छन्।
सचिव पदमा अगराज चौलागाई ३०६ मत र जगत बहादुर रोकाया ३२१ मतसहित विजयी भएका छन्। सो पदका अर्का उम्मेदवार देवी बहादुर रोकायाले १५९ मत प्राप्त गरेका छन्।
दलित सदस्यतर्फ कालो सुतार कामीले ३९३ मत प्राप्त गरे भने गौकली सार्की ३९५ मतसहित विजयी भएकी छन्।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी उम्मेदवारहरूलाई बधाई तथा शुभकामना दिने क्रम सुरु भएको छ। खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आगामी कार्यकालमा खानेपानी सेवा सुधार र व्यवस्थापनलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।











कनका खबर । २०८३ बैशाख २०