जुम्ला । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जुम्लाका १८ विधालय छजोट भएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने कार्यक्रमका जुम्लाका १८ वटा विधालय छनोट भएका हुन् ।
जसमा चन्दननाथ नगरपालिकाका ३ वटा, गुठिचौर गाउँपालिका १ वटा, हिमा गाउँपालिकाका २ वटा, कनका सुन्दरी गाउँपालिकाका २ वटा विधालय छनोट भएका छन् ।
त्यसैगरी पातारासी गाउँपालिकाका ४ वटा, सिंजा गाउँपालिकाका २ वटा, तातोपानी गाउँपालिकाका ३ वटा र तिला गाउँ पालिकाका १ वटा विधालय गरी जुम्लाभरीबाट १८ वटा विधालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । छनोट भएका सबै विधालयमा आबश्कता अनुसार २,४ र ८ कोठे पक्की भवन निर्माण हुने छन्











कनका खबर । २०८२ माघ १