
तस्बिर : कनका खबर स्केच
हिंसा र अत्यचारको आगोमा
पिल्सिन बाध्य छन्
दुखको आँसु निलेर पनि
मुस्कान छर्न बाध्य छन्
निमुखा नारीहरू दासत्वको जीवन
जीउन बाध्य छन्
घर दैलोको संसारमा जेलीएर
जीवन गुर्जान बाध्य छन्
चेलीबेटीहरू बेचबिखन भएर
कोपिला चुडिएका छन्
सुन्दर भविष्यका सपनाहरू
शुन्यन्तरमा हराउँदै छन्
हाम्रा देशका चेलीहरू आज पनि
कालरात्री बिताउन बाध्य छन्
जन्म देखि मृत्युसम्म काडेतार
भित्र घिरिन बाध्य छन्
निसासिएर आज पनि घर
धन्दामा पिसिँदै छन्
दुखको बिष पिएर पनि
सुखको अमृत छरी रहन्छन्
समस्त नारी चेलीहरू हाम्रा लागि
युग युगसम्म धन्य छन्
नारीकै हक हितका लागि
नारीहरू लड्भिड गर्दै जानेछन्।
सुमन रोकाया । २०८१ साउन १२