चन्दननाथ नगरपालिका -१ कि एक किशोरी आफ्नी आमालाई रेडक्रस सोसाइटीको कार्यक्रम छ भन्दै बुधबार शुक्रबार बिहान घरबाट निस्किइन्।
कहिले घर बाहिर नबसेकी छोरी राती अबेसम्म पनि घर नफर्केपछि चिन्ता बड्यो। उनले आफ्ना भाइलाई रुँदै फोन गरेर छोरी घर नआएको बताइन्।
पछि थाहा भयो किशोरीसँगै उनका काकाकी छोरी पनि घर फर्किए रहिनछन्। यसले घरमा शंका बढ्न थाल्यो। त्यसपछि खोजखबरी सुरु भयो।
आफन्तले राती जिल्ला प्रहरी कार्यालय जुम्लालाई जानकारी गराए। उनीहरु जुम्ला बजारको चन्दननाथ माविमा कक्षा नौमा अध्ययन गरिरहेका छात्राहरु हुन।
रातभरि उनीहरुको खबर आएन। उनीहरु कहाँ छन् केही अत्तोपत्तो लागेन। आफन्तका रात रुँदै कटे।
बिहान नेपालगन्ज भन्सार कार्यालय नजिकको माइती नेपालबाट आफन्तलाई फोन आयो। दुई किशोरीसँग अरु थप दुई जना किशोरी पनि भएको जानकारी मिलेपछि थप शंका उत्पन्न भयो।
भर्खर पढिरहेका किशोरीहरुले कसरी घरबाट निसेकने आँट गरे? शंकै शंकाको बीचमा चन्दननाथ १ का आफन्तले किशोरीलाई हवाई जहाजबाट घर बोलाए।
किशोरीलाई प्रहरीले नगरानीमा राखेर सोधपुछ गरेको छ। तथापि उनले सबै कुरा नखोलेको प्रहरी स्रोतले बताएको छ।
तर किशोरीका आफन्त भने अनेक शंकामा गुज्रिरहेका छन्। उनीहरु त्यहाँसम्म कसरी पुगिन? यसका पछाडिका कारणहरु के होलान्? यो विषयमा गहिरो अनुसन्धान हुन जरुरी छ।
महेश नेपाली । २०८१ असार ९