थोत्रो नौमती

तस्बिर : कनका खबर ग्राफिक्स

क्रान्ति र क्रान्तिकारी विरुद्ध
थोत्रो नौमती बजाउनु मुर्खता हो
सौदाबाजी गर्नु भुल हो
त्यसैले कमरेट
त्यसैले कमडेड
बरालिनु हुँदैन विना लक्ष्य
छुट्टिनु हुँदैन अचेतमा
उफ्रनु हुँदैन कम वजनले
कतै पुर्‍याउँदैन रोदनले
यहीँ भन्छ महापतनले

तिमी भागेर गयौं
हामीबाट आकाश खसाल्छु भनेर
थाक्दासम्म
हाम्रा विरुद्धमा
बजाउनु बजायौ
तिम्रो थोत्रो नौमती
हामी गम्भीर भयौं
क्रान्ति पक्षधरमा
हामी विश्वस्त दृढ भयौं
हाम्रो रणनीतिमा

त्यसैले त
तिमीले थोत्रो नौमती
बजाएको वास्ता नगरी
कोदालो बोक्यौं, धान रोप्यौं
आत्मनिर्भर बनेर पार्टी चलायौं
तिम्रो आत्मरती र आत्मरक्षाको बेला
हामी अभिभावक बनेर
नेतृत्व गर्दैछौं नेपाली कम्युनिस्टको
हामी नेतृत्व गर्दैछौं
नेपाली विशेषताको समाजवादको
आउ बरु सचेत भएर
एकीकृत जनक्रान्तिको बाटोमा
अनिश्चय, रक्षा, सम्भावना र रुपान्तरणलाई
आत्मसात गरेर
कमरेट र कमडेडको
थोत्रो नौमतीले
बिचल्ली बनाउँछ।

प्रकाशित मितिः   २०८१ साउन ५ at 12:34 pm 

  • कमेन्ट (Comment)