
जुम्लाको सिंजा गाउँपालिका–२ चुलेलकी २४ वर्षीया उर्जा वड दाउरा काट्ने क्रममा भिरबाट लड्दा साथमा रहेका चार महिनाको नाबालकको मृत्यु भएको थियो।
डिएसपी रविन बाबू रेग्मीका अनुसार बुधबार बिहान घरबाट करिब दुई घण्टा टाढा धोराचौर जंगलमा दाउरा काट्ने क्रममा उर्जा वड र उनका छोरा चन्द्रमल वड भिरबाट लडेका थिए।
नाबालकको ज्यान घटनास्थलमै गएको छ भने मृतकको शव परिवारले घरमै ल्याएर राखेको छन।
घटनामा गम्भीर घाइते भएकी आमालाई उनका नाता पर्ने अनुरुपा वडले अन्दाजी १८:०४ बजेको समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगेको प्रहरीले जानकारी दिएको थियो ।
प्रतिष्ठानमा उपचाररत उर्जा वडको अवस्था गम्भीर रहेको ले उनलाई थप उपचारका लागि नेपालगञ्ज तर्फ रिफर गरिएको प्रहरीले जनाएको छ ।











कनका खबर । २०८२ मङ्सिर २५