नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा नेपाल प्रेस युनियन जुम्लाले ताला लगाएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले निर्वाचन कार्यतालिका अनुसार मिति २०८१ भदौ २९ गते साँझ प्रकाशित गरेको नामावलीमा गैर पत्रकारहरुको भिड जम्मा गरेर अस्थिरता निम्त्याउन खोजेको भन्दै नेपाल प्रेस युनियन जुम्लाले केन्द्रीय कार्यालयमा तालाल लगाएको हो।
‘कहिँकतै पत्रकारिता नै नगरेका गैर पत्रकारहरुको नामावली सार्वजनिक गरेर निर्वाचनलाई धाँधलीपूर्ण बनाउन खजिएले यसला तत्काल रोक्न र नेपाल पत्रकार महासंघको निर्वाचनलाई मर्यादित बनाउने एक मात्रै माग राखि केन्द्रीय कार्यालय अनिश्चितकालीन तालाबन्दी गरिएको प्रेस युनियन जुम्लाका अध्यक्ष प्रकाश उपाध्यायले बताए।
उनले भने, ‘जुम्ला जिल्लाको नामावलीमा रहेका गैर पत्रकारको सदस्यता खारेज गर्ने एकमात्र माग राखेर आफूलाई डोरीले बाँध्दै केन्द्रीय सचिव सहितको टोलीले ताला लगाएको हो।’
कनका खबर । २०८१ भाद्र ३०