तनहुँ दुर्घटनाका मृतकको शव भारतीय वायुसेनाको विमानबाट लगियो

काठमाडौंः तनहुँ जिल्लास्थित आँबुखैरेनी नजिकै शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका २७ जना भारतीय नागरिकहरूको शव भारत लगिएको छ।
दुर्घटनामा मृत्यु भएका उनीहरूको शव चितवनस्थित भरतपुर अस्पतालमा पोस्टमोर्टम गरिएपछि भारत लगिएको हो। शव लिन भारतबाट वायुसेनाको विमान शनिबार अपरान्ह भरतपुर पुगेको थियो।

वायुसेनाको विमानमार्फत २५ वटा र शववहानबाट दुईवटा शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। त्यसअघि भरतपुर अस्पतलामा शव बुझ्न काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधिहरू पुगेका थिए। अन्नपुर्णमा खबर छ

प्रकाशित मितिः   २०८१ भाद्र ८ at 8:07 pm 

  • कमेन्ट (Comment)