नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले व्यवसायिक योजनासहित स्टार्टअपका लागि दर्ता आह्वान गरेको छ। प्रविधि, दिगो विकास, स्वास्थ्य सेवामा आधारित भएका स्टार्टअपलाई योजनासहित प्रस्ताव माग गरेको हो।
प्राप्त प्रस्तावहरु मध्येबाट छानिएकाहरुलाई कम्पनी दर्ता, उद्योगी, विशेषज्ञहरुसँग छलफलका लागि समन्वय नेविसंघले गरिदिने नेविसंघका केन्द्रीय प्रवक्ता सुरज सेजुवालले बताए। उनले भने, ‘स्टार्टअपका लागि लगानी खोज्नका लागि लगानीकर्तासँग समन्वय गरिदिनेछ।’
प्रवक्ता सेजुवालका अनुसार प्रस्ताव आएका मेध्येबाट ५१ वटा स्टार्टअप छनोट गरिने छ। स्टार्टअप दर्ताका लागि मे ३१ सम्मको अवधि तोकिएको छ। ‘आवेदकहरुलाई उद्यमशीलताका समस्या समाधान गर्ने बनाउन कार्यशाला र प्रशिक्षण सत्र सञ्चालन गरिनेछ,’ उनले थपे।
प्रकाश उपाध्याय । २०८१ बैशाख ३०