रसुवाका सीडीओ भन्छन्- राति ३ बजेदेखि एक्कासि बढेको भोटेकोशी बाढीको बहाब घट्दै गएको छ

भोटेकोशी नदीमा राति एक्कासि बढेको बाढीको बहाब अहिले क्रमशः घट्दै गएको पाइएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार राति ३ बजेयता भोटेकोशीमा बाढीको बहाब एक्कासि बढेको हो ।

उनले भने, ‘राति ३ बजेतिर ठूलो आवाज सुनियो । उक्त आवाजपछि भोटेकोशी नदीमा बाढीको बहाव बढेको हामीले थाहा पायौं । अहिल पछिल्लो समय यस क्षेत्रमा बाढीको बहाव घट्दै गएको देखिन्छ ।’

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि भोटेकोशीमा पानीको बहाव बढेको जनाएको छ ।

बाढीको बहाव बढे पनि रसुवा, नुवाकोट र धादिङ नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले स्पष्ट पारेको छ ।

प्रकाशित मितिः   २०८३ भाद्र १४ at 7:08 am 

  • कमेन्ट (Comment)