उधोग वाणिज्य संघ जुम्लाको आयोजनामा जुम्लामा बृहत महोत्सव सञ्चालन हुने 

जुम्ला। उधोग बाणिज्य संघ जुम्लाको आयोजनामा चौथो पटक निजी क्षेत्रको अगुवाईमा कृषि, पर्यटन, साँस्कृतिक तथा औधोगिक व्यापार महोत्सव संन्चालन हुने भएको छ। मिति २०८२/०१/१३ गते उधोग वाणिज्य संघ जुम्लाले प्रकाशन गरेको सुचनामा उल्लेख गरे अनुसार मिति २०८२ साल बैषाख १५ देखि २५ गते सम्म सो महोत्सव सञ्चालन हुने भएको छ।

साथै जुम्ला जिल्ला लगाएत समग्र कर्णालि प्रदेशको आर्थिक उन्नतिका लागि यस क्षेत्रमा रहेका लगानीका सम्भावना तथा अवसरको पहिचान गरि स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानि भित्रयाउने उद्देश्यले उक्त महोत्सवको आयोजना गरिएको उधोग वाणिज्य संघ जुम्लाले जनाएको छ।

“कृषि, पर्यटन, साँस्कृतिक, उद्योग व्यापारको पुर्वाधार, जुम्ला विकासको मुल आधार” भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवमा स्थानिय कला, मागल, नृत्य, लगायत संस्कृति झल्काने कला प्रस्तुत गर्न ईच्छुकलाई सम्पर्कमा आउन अनुरोध गरिएको छ।

आफ्ना स्थानिय कला तथा संस्कृति झल्काउने प्रस्तुति प्रदर्शन गर्न ईच्छुकले राष्ट्रिय लोक दोहोरि गित प्रतिष्ठानका अध्यक्ष कर्ण बुडथापा संग सम्पर्क गर्न हुन आग्रह गरिएको छ।

:सम्पर्क व्यक्ति कर्ण बुढ्थापाको सम्पर्क नम्बर ९८४८३००६५९ रहेको छ।

उधोग वाणिज्य संघ जुम्ला द्वारा प्रकाशित उक्त सुचना:

प्रकाशित मितिः   २०८२ बैशाख १३ at 6:02 pm 

  • कमेन्ट (Comment)