बिमा कम्पनीको टोली किसानको स्याउ बगैंचामा

जुम्ला —जुम्ली किसानको स्याउको बिमा गरेको शिखर इन्स्योरेन्स कम्पनीको टोली किसानको स्याउ बगैंचामा पुगेको छ ।

बिमा कम्पनीका महाप्रबन्धक उदितप्रसाद काफ्ले नेतृत्वको बिमा टोली, स्याउ बिमा पीडित पहल समिति र तातोपानी गाउँपालिकाका जनप्रतिनिधिको टोली बगैंचामै पुगेको हो ।
स्याउको बिमा मूल्यांकनमा विवाद देखिएपछि टोली बगैंचामै पुगेको तातोपानी ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । पटक–पटक जुम्लाका प्रमुख जिल्ला अधिकारी प्रदीप पौडेलको रोहबरमा वार्ता हुँदा पनि निष्कर्षमा नपुगिएपछि किसानहरुको माग बमोजिम सो समयको मौसम, अन्तरपालिकाको भौगोलिक स्थित मौसम तथा जलवायु मापन प्रविधिबारे बुझ्न टोली स्थलगत अध्ययनमा निस्किएको थियो ।
टोलीले चन्दननाथ नगरपालिका वडा नं ८,९ सिमाना जोडिएका तातोपानी ५ श्रीनगर र चन्दननाथ १० को खल्ला र लाग्नासँग सिमाना जोडिएका तातोपानी वडा नं ४ नियापानी, पोरिहाँकु, हाँकुपोखरीखालको भूगोल अध्ययन गरेको छ ।

प्रकाशित मितिः   २०८२ पुष १७ at 9:57 am 

  • कमेन्ट (Comment)