
जुम्ला – जुम्लाको तिला गाउँपालिकाको गाडी तोडफोड गरिएको छ । अज्ञात समूहद्वारा गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया चढ्ने गाडी तोडफोड गरिएको हो । बुधबार उक्त पालिकाको –४ नं वडाले आयोजना गरेको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा पार्किङमा राखेको गाडीमा अज्ञात समूहले तोडफोड गरेको गाउँपालिकाका अध्यक्ष रोकायाले बताए ।
रोकायले भने; भर्खरै पालिकाले कम्पनीबाट नयाँ गाडी खरिद गरेर ल्याएको थियोे । गाडीको नम्बर पनि हालेको छैन । सरकारी गाडीमा ढुंगा प्रहार गरेर पछाडीको सिसा फुटाइएको छ । अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरीरहेको छ।
पालिकाको स्कारपियो गाडीलाई ढुंगाले हानेर तोडफोड गरिएको आफुमा जानकारी आएको रोकायाको भनाई छ । गाडीमा तोडफोड गर्नेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले बताए ।










कनका खबर । २०८२ जेष्ठ २८