जुम्ला – पातारासी गाउँपालिकामा नेपाल निजामती कर्मचारी युनियनको गाउँपालिका स्तरिय प्राथमिक समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। १५ सदस्यीय यस समितिको अध्यक्षतामा कृष्ण बहादुर बुढा चयन भएका छन्। समितिलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ।
समितिका अन्य पदाधिकारीमा उपाध्यक्ष (खुल्ला) विमल प्रसाद पाण्डे, उपाध्यक्ष बिमा रोकाया, सचिव भरत बुढा, सहसचिव अविराज उपाध्याय, र कोषाध्यक्ष संगिता बोहोरा चयन भएका छन्। साथै, सदस्यहरूमा प्रदीप बुढा, कृष्ण बहादुर रावत, राज बहादुर रावत, हरिना शाही, निर्मला गुरुङ, राज बहादुर खत्री, हर्क बहादुर रावत, प्रविना रावत, र परिमल सार्की रहेका छन्।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला शाखा जुम्लाका वरिष्ठ उपाध्यक्ष मिनराज खत्रीका अनुसार, यसअघि गोठिचौर गाउँपालिकामा समिति गठन भइसकेको छ भने अन्य गाउँपालिकामा गठन गर्ने प्रक्रिया जारी छ। उनले नयाँ समितिले कर्मचारीका हकहितका लागि सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
स्थानीयस्तरमा कर्मचारीको हक, अधिकार र सामूहिक विकासमा महत्वपूर्ण योगदान दिने उद्देश्यले गठन गरिएको समितिले आगामी दिनमा कार्यक्षमता सुधार र संस्थागत विकासका लागि ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।
कनका खबर । २०८१ मङ्सिर ९