
जुम्ला। नेपाल रेडक्रस दिवसको अवसरमा विश्वभर मे ८ ( वैशाख २५ ) गतेका दिन मानवताको पक्षमा भन्ने नाराका साथ विश्व रेडक्रस दिवस मनाईएको छ। रेडक्रसका जन्मदाता जँ हेनरी ड्युनाको सम्झनामा उक्त दिवस मनाईने गरेको सुपर परियोजनाका जिल्ला परियोजना अधिकृत इश्वरा सुवेदीले बताईन्।
सोहि अवसरमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले सोसाईटीका जन्मदाता जँ हेनरी ड्युनाको तस्विरमा माला अर्पण गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ७२ जना बिरामीहरुलाई फलफूल वितरण गरेको सुवेदीले जानकारी दिएकी छन्।
उनकाअनुसार उक्त कार्यक्रम जिल्ला शाखाका पदाधिकारीहरु, सदस्यहरू र कर्मचारीहरुको उपस्थितीमा सम्पन्न गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाका का.वा सभापति जगदीश चौलागाइको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सुपर परियोजनाका जिल्ला परियोजना अधिकृत इश्वरा सुवेदीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
कार्यक्रमका तस्विरहरु:











कनका खबर । २०८२ बैशाख २६