संसद बैठक अनिश्चितकालका लागि स्थगित

प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
बुधबारको बैठक सकाउँदै सभामुख डोलप्रसाद अर्यालले बिहीबार बिहान १ बजेका लागि बैठक राखेका थिए ।

तर पछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचना आएको छ ।

हालैको बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरिएको हो ।

 

प्रकाशित मितिः   २०८३ भाद्र १० at 6:30 pm 

  • कमेन्ट (Comment)