
जुम्ला । हिमा गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिताकाे उपाधी कालिका माध्यमिक विद्यालय तलिकुडुले जितेकाे छ । उक्त विधालय यो भन्दा अघि दुई पटक विजय भएको हो। भने यसपटक गरि तेस्रो पटक विजय भएको छ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, हामी सबैका लागि खेलकुद ” भन्ने मुल नाराका साथ आयाेजना गरिएकाे प्रतियाेगिता गत जेठ १८ देखि २० गते सम्म नेत्र ज्याेति मावि ओदीमा सञ्चालन गरिएको थियो।
उक्त प्रतियोगितामा विभिन्न विद्यामा उत्कृृष्ट खेल प्रर्दशन गर्दै कालिका मावि तलिकुडु प्रथम भएकाे हाे। भने हिमाका ६ माध्यमिक विद्यालय सहभागी थिए । जसमा कालिका मावि लगातार तेस्राे प्रथम हुँदा अन्नपूर्ण मावि मष्टामाण्डु दाेस्राे,भानु मावि पाथरखाेला तृतीय,कालिका मावि बड्की चौथाे,नेत्र ज्याेती मावि ओदी पाचौं र राहदेव मावि माेफ्लाले छैटौं स्थान प्राप्त गरेका छन्।
सोहि प्रतियोगिताको सन्दर्भमा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाही भन्छन् ; पालिका स्तरमा यूवालाई खेलकुद गतिविधि संग जाेड्न तथा नयाँ खेलाडी उत्पादनकाे लक्ष्यसहित निरन्तर राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे आयाेजना गर्दै आएका छौं ।
यस्ता खाले खेलकुद प्रतियाेगिताले नकरात्मक दिशा तर्फ ध्यान दिने र कुलतमा फस्न लागेका युवामा खेल क्षेत्रमा आर्कषित गराउने अपेक्षा गरिएको शाहीले बताए।
तीन दिन सम्म सञ्चालन भएकाे उक्त प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयाेग गर्ने आयाेजक गाउँपालिका,सम्पुर्ण रुपमा सहजिकरण गर्ने नेत्र ज्याेती मावि ओदी,ओदी वासी सम्पुर्ण समुदाय,सुरक्षा कर्मी लगायत सम्पुर्णमा अध्यक्ष शाहीले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।












कनका खबर । २०८२ जेष्ठ २१