जुम्लाको खलंगा बजारका धारामा धमिलाे पानी आउँदा उपभोक्तालाई खाने पानीको समस्यामा परेको छ।
घर/घरमा जोडिएका धारामा समेत धमिलो पानी आउनथाले पछि उपभोक्ता समस्यामा परेका हुन्।
वर्षायाम लागेसँगै पटक पटक धारामा लेदाे सहितकाे पानी आउदा हैरान भएकाे चन्दननाथ ४ का नवराज भारतीले बताए।
उनका अनुसार प्रशोधन नगरी सिधै खोलाको पानी उपभोक्ताकाे धाराेमा पठाइएको छ।
खोलामा पानीको सतह बढेसँगै धमिलो पानी आउने क्रम हरेक वर्ष दोहोरिँदै आएको अर्का उपभोक्ता मुन बहादुर रावतले बताए।
यता खानेपानीकाे ट्यांकि हेरफेर गर्ने कर्मचारीलाई साेध्दा रिनि र बासी मालिकाकाे खाेलामै धमिलाे पानी आएकाेले घरघरमा धमिलो पानी पुगेकाे जानकारी दिए।
कनका खबर । २०८१ भाद्र ८