रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि जुम्लाका व्यवसायी देवेन्द्रराज उपाध्यायले ५५ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् ।
उपाध्यायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम सहयोग गरेका हुन् । विपद्का कारण प्रभावित बनेका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताएका छन् ।
उपाध्याय सिवालय ट्रेडर्स एण्ड हाउस सप्लायर्सका प्रोप्राइटर हुनुका साथै उद्योग वाणिज्य संघ जुम्लाका सहसचिव समेत हुन् ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि विभिन्न व्यक्ति, व्यवसायी तथा संघसंस्थाले सहयोग गर्ने क्रम जारी रहेका बेला उपाध्यायले पनि मानवीय सहयोगस्वरूप रकम प्रदान गरेका हुन् ।











कनका खबर । २०८३ भाद्र १५