प्रतिनिधिसभाको बैठक भोलिका लागि आह्वान हुने भएको छ ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
साथै, भोलिको बैठकमा महाविपद्बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ ।
जसमाथि सबै दलका नेताहरूले बोल्नेछन् ।१० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ ।
बाढीसँगैको गेग्रानले भोटेकोशी नदीको बहाब एकाएक बढाउँदा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।











कनका खबर । २०८३ भाद्र १६