
बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ।
मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।
उनकाअनुसार जीपमा सवार ११ जना विद्यार्थी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ।
उनका अनुसार घाइतेहरु खतरामुक्त छन्। बाजुराको कोल्टी स्थित जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी शैक्षिक भ्रमणका लागि उक्त जिपमा रारातर्फ गइरहेका थिए।











कनका खबर । २०८१ जेष्ठ १०